नियम ७
सेवा प्रदायक रोज्नु पर्ने
: (१) बीमितले सेवा प्रदायकहरू मध्ये कुन सेवा प्रदायकबाट उपचार सेवा लिने हो सो कुरा कार्यक्रममा आबद्ध हुँदाको बखतमा रोज्नु पर्नेछ। (२) बीमितले उपनियम (१) बमोजिम आफूले रोजेको प्रथम सेवा बिन्दुको रुपमा रहेको सेवा प्रदायकबाट स्वास्थ्य सेवा लिनु पर्नेछ।
(३) उपनियम (१) बमोजिमको सेवा प्रदायकबाट बीमितले आवश्यक सेवा प्राप्त गर्न नसकेमा त्यस्तो सेवा प्रदायकबाट निजलाई प्रदान गरिने प्रेषण पुर्जाको आधारमा प्रेषित गरिएको सेवा प्रदायकबाट मात्र-सेवा लिनु पर्नेछ।
(४) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि आकस्मिक अवस्थामा बीमितले जुनसुकै सेवा प्रदायकबाट सेवा लिन सक्नेछ।
(५) बीमितले उपनियम (१) बमोजिम रोजेको सेवा प्रदायक परिवर्तन गर्नु पर्ने भएमा आफैं वा दर्ता सहयोगी मार्फत दर्ता अधिकारी: समक्ष अनुसूची-३. बमोजिमको ढाँचामा निवेदन दिनु पर्नेछ।
(६) उपनियम (५) बमोजिम निवेदन प्राप्त भएको तीन दिनभित्र: दर्ता अधिकारीले सेवा प्रदायक परिवर्तन गरी सम्बन्धित निवेदकलाई जानकारी दिनु पर्नेछ।